काठमाडौं । संखुवासभामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत २ जना भारतीय मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २ जना भारतीय मजदुर गम्भीर घाइते भएका छन् । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर दुर्घटनामा परेको हो । अरुण तेस्रो जलविद्युत् परियोजनाको काममा लगाइएको टिपर…