२१ कार्तिक २०८१, बुधबार | Thu Nov 7 2024


टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु


0
Shares

काठमाडौं । संखुवासभामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत २ जना भारतीय मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २ जना भारतीय मजदुर गम्भीर घाइते भएका छन् ।

मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर दुर्घटनामा परेको हो । अरुण तेस्रो जलविद्युत् परियोजनाको काममा लगाइएको टिपर ड्याम साइडमा काम गरेर फर्किने क्रममा आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको बताइएको छ ।

दुर्घटनामा टिपर चालक भारतीय नागरिक शैलेन्द्रप्रताप सिंह र टिपरमा रहेका सारुक मोहमदको मृत्यु भएको हो । घाइते भारतीय नागरिक योगेन्द्र पाल र ईश्वर पासवानको उपचार भइरहेको जनाइएको छ ।