धनुषा । मिथिलाञ्चलको सबैभन्दा ठूलो उत्सव विवाहपञ्चमी महोत्सव आजदेखि शुरु हुँदैछ । त्रेतायुगमा भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनामा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवाहपञ्चमी महोत्सव मनाउने गरिएको छ । साताब्यापी विवाहपञ्चमी महोत्सवका लागि जानकी मन्दिर दुलही झैं सिंगारिएको छ । महोत्सवका लागि जानकी मन्दिरले १ सय ५१ सदस्यीय मूल समाहरोह समिति गठन…