Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


पाटन विमानस्थल अझै कालोपत्रे भएन


0
Shares

बैतडी । पाटन विमानस्थल कालापत्रे गर्ने कार्य अझै सुरु हुन सकेको छैन् ।

२०७५ को असारमा कालोपत्रे गरिसक्ने लक्ष्यसहित निर्माण कार्य सुरु गरिएको विमानस्थल अझै कालोपत्रे हुन नसकेको हो ।

तोकेको समय भन्दा १६ महिना बढी भइसक्दा समेत विमानस्थल कालोपत्रे हुन नसकेको हो । ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा सबै काम सकिएर कालोपत्रे मात्रै गर्न बाँकी रहेको छ ।

निर्माण सामग्रीको अभावले तोकिएको समयमा काम पूरा हुन नसकेको र अब कालोपत्रे गर्ने मेसिन जडान भइसकेकाले यो महिनाभित्र विमानस्थल कालोपत्रे गरिसक्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनीका इन्जिनियर पुरन रावलले जनाकारी दिए ।

पाटन विमानस्थललाई स्तरोन्नती गर्ने कार्यअन्तर्गत ९० प्रतिशत बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ ।

पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो । पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो ।