३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


डा. अञ्जान शाक्य राजदूत नियुक्त

काठमाडौं, पुस १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसबमोजिम डा. अञ्जान शाक्यलाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा सोमबार नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपाधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा डा. शाक्यलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ । रासस