
काठमाडौं, पुस १६ । कर्मचारी समायोजन अध्यादेशको विरोध गर्दै निजामती कर्मचारीहरुले सोमबार प्रदर्शन गरेका छन् ।
नेपाल निजामती कर्मचारी युनियन संघले माइतीघर मन्डलामा धर्ना दिँदै विरोध प्रदर्शन गरेको हो ।
कर्मचारीहरुले माग पूरा गर्न नभए आन्दोलनलाई देशैभरि फैलाउने चेतावनी दिएका छन् ।
प्रदर्शनकारीले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनलाईसमेत सचेत हुन भन्दै उच्च प्रशासकहरुका कारण समस्या आएको आरोप पनि लगाएका छन् ।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले यसअघि सरकारलाई ७ दिनको ‘अल्टिमेटम’ दिँदै माग पूरा नभए राष्ट्रियस्तरमै आन्दोलन गर्ने धम्की दिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्