काठमाडौं, माघ १ । थारु समुदायले मंगलबार नयाँ वर्षकारुपमा माघी पर्व मनाइरहेका छन् । विशेषगरी पश्चिम तराईका पाँच जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुरका थारु समुदायले यो पर्वलाई विशेषरुपले मनाउने गर्दछन् । थारु समुदायले माघको पहिलो साताभर मनाउने माघी पर्वलाई टाढा–टाढा गएका आफन्तहरुको घरफिर्ती भएपछिको पारिवारिक मिलन, निसराउ चढाएर अग्रजको सम्मान, सुख–दुःख साटासाट, नाचगान…