काठमाडौं, माघ ७ । विशेष अदालतले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावललाई रु १० लाख धरौटी राखेर तारिखमा छुट्ने आदेश जारी गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले सोमबार रावललाई रु १० लाखमा धरौटी राखेर तारिखमा छुट्न आदेश दिएको अदालतका रजिष्टार भीमकुमार श्रेष्ठले जानकारी दिए…