Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


पूर्वगभर्नर रावल १० लाख धरौटीमा छुट्ने विशेषको आदेश


0
Shares

काठमाडौं, माघ ७ । विशेष अदालतले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावललाई रु १० लाख धरौटी राखेर तारिखमा छुट्ने आदेश जारी गरेको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले सोमबार रावललाई रु १० लाखमा धरौटी राखेर तारिखमा छुट्न आदेश दिएको अदालतका रजिष्टार भीमकुमार श्रेष्ठले जानकारी दिए ।

पूर्वगभर्नर रावललाई १५ दिनको म्याद दिएर बयानका लागि सोमबार उपस्थित हुन विशेष अदालतले दिएको समयानुसार उपस्थित भएर बयानदिएपछि सो रकम बुझाएर तारिखमा छुटेका हुन् ।

नेपाल राष्ट्र बैंकले अष्ट्रेलियामा १० रुपैयाँ दरको पाँच करोडथान पोलिमर नोट छपाइ गर्दा अष्ट्रेलियाका स्थानीय एजेन्टमार्फत् आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको, नोट प्रिन्टिङमा मिलेमतो गरी गैरकानुनीरुपमा नोट छपाइ गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुसमा मुद्दा दायर गरेको थियो ।

आयोगले रावलसहित राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौडेललाई जनही रु ९१ लाख ९ हजार र पोलिमर नोट प्रिन्टको जिम्मेवारी पाएका एजेन्टको स्थानीय प्रतिनिधि मे फ्लावर लिमिटेडका हिमालयबहादुर पाँडेविरुद्ध कुल रु दुई करोड ७३ लाख बिगोसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । रासस