पोखरा, फागुन ९ । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा तथा विधान अधिवेशन बिहीबारदेखि पोखरामा सुरु भएको छ । ‘राष्ट्रिय समृद्धिका लागि सन्चार : गुणात्मक, व्यावसायिक र सुरक्षित पत्रकार’ भन्ने नाराका साथ सुरु भएको दुईदिने भेलाको सभामुख कृष्णबहादुर महराले उद्घाटन गरे । कार्यक्रममा सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, संस्कृति,…