काठमाडौं, फागुन ३० । पश्चिमी वायुको प्रभावले बिहीबार देशभर मौसम बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाकोे सम्भावना रहेको छ । मंगलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागको एक/दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुजन सुवेदीले बताए ।…