पूर्णप्रसाद मिश्र (रासस) काठमाडौं, चैत २ । नयाँ प्रविधिको उपयोग गरी पशुपति क्षेत्रको गुह्येश्वरीबाट तिलगंगासम्मको भागमा कन्चन पानी बगाइने भएको छ । यसका लागि पशुपति क्षेत्र विकास कोषले बायो शौचालय प्रविधि ल्याएको छ । प्रविधिले कति काम गर्छ भनी सम्भाव्यता अध्ययन गर्न लागिएको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए । पशुपति क्षेत्रमा शुद्ध पानी…