२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


दुई नम्बर प्रदेशमा प्रश्नपत्र सार्वजनिक प्रकरणः विद्यार्थीले गरे मूख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन

जिल्ला संवाददाताहरु । दुई नम्बर प्रदेशमा एकपछि अर्को गर्दै एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि विद्यार्थीहरु आन्दोलित बनेका छन् । सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि आज पनि परीक्षा रद्द गरिएसँगै विद्यार्थी आन्दोलित भएका हुन् ।  सडकमै उत्रिएर विद्यार्थीले विरोध प्रदर्शन गरेपछि प्रदेश नम्बर २ का अधिकांश शहरी क्षेत्र तनावग्रस्त बनेको छ ।