काठमाडौं । पश्चिमी न्यूनचापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसम सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यून चापीय प्रणाली बुधबार बेलुकादेखि बाहिरिएकाले मौसममा सुधार भएको महाशाखाले जानकारी दिएको छ । शाखाले आज र भोलि देशभर वर्षा हुने सम्भावना नरहेको बताएको छ । बिहान उपत्यकामा बादल देखिए पनि दिउँसो…