कञ्चनपुर । चीनसँगै अन्य देशहरुमा कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला पश्चिमी सीमा नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ‘मास्क’ लगाउन अनिर्वाय गरेको छ ।
कोरोना भाइरसको संक्रमण रोकथाम गर्न भन्दै एसएसबीले सीमा क्षेत्रमा आवातजावत गर्ने सबैलाई मास्क लगाउन अनिर्वाय गरेको हो ।
भारतीय सुरक्षाकर्मीले मास्क अनिर्वाय गरेपछि गड्डाचौकीदेखि सीमा क्षेत्रसम्म मास्कको व्यापार बढेको छ ।
एसएसबीले मास्क लगाउन अनिवार्य गरेपछि दैनिक एक सयदेखि दुई सयसम्म मास्क बिक्री भइरहेको गड्डाचौकीका स्थानीय व्यापारी सञ्जु वर्माले बताइन् ।
उनले मास्क नलगाए एसएसबीले फर्काउने गरेको भन्दै केही दिन यता चेकजाँचमा कडाई भइरहेको बताइन् ।
भारतीय सुरक्षाकर्मीले भारत जाने सबैलाई मास्क अनिर्वाय गरेपनि भारतबाट नेपाल फर्किनेलाई भने कुनै निगरानी गरिएको छैन् ।
जसले गर्दा खुला सीमाका कारण भारतबाट समेत कोरोनाको संक्रमण भित्रिन सक्ने जोखिम बढ्दै गएको छ ।









प्रतिक्रिया दिनुहोस्