Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


नेपाली भाषा विश्वमा उन्नत भाषाको रूपमा स्थापित हुँदै गएको छ : राष्ट्रपति


0
Shares

कैलाली, फागुन १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले असल साहित्य सिर्जनामा साहित्यकार क्रियाशील हुनुपर्ने बताएकी छन् ।

धनगढीमा बुधबारबाट शुरू भएको विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले साहित्यले विकृतिलाई औंल्याउँदै समाजमा नैतिकता स्थापित गराउने बताइन् ।

नेपाली भाषा विश्वमा उन्नत भाषाको रूपमा स्थापित हुँदै गएको उनको धारणा थियो । कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसहित विभिन्न व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो ।

फागुन २० गतेसम्म संचालन हुने महोत्सवमा साहित्य, राजनीतिलगायत विभिन्न विषयहरुमा सत्रहरु चल्नेछन् । पूर्व प्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराइ, लोकेन्द्रबहादुर चन्द, उद्योग मन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सांसद भीम रावल, गगन थापा, नारदमुनि राना, प्रेम आलेलगायत नेताहरु राजनीति, विकासलगायत विषयका वक्ताका रुपमा रहनेछन् ।