२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’

सोलुखुम्बु, वैशाख २ । नयाँवर्ष २०७६ को पहिलो दिन वैशाख १ गते बिहानैदेखि अधिकांशको मोबाइलमा शुभकामना आदन–प्रदानको कार्यक्रम चलिरहेको थियो । तर, त्यहीबेला पर्यटकीय क्षेत्र लुक्लामा समिट एअरको विमान दुर्घटनाको खबरले अधिकांश दुखित भए । पर्यटक आउने याम भएकाले तेन्जिङ हिलारी विमानस्थल लुक्ला यतिबेला निक्कै व्यस्त रहन्छ । आइतबार पनि बिहानैदेखि उडान तथा अवतरण चलिरहेका…