१५ चैत्र २०७९, बुधबार | Thu Mar 30 2023


लमजुङको फुलिङगिरीमा जिप दुर्घटना, २४ जना घाइते


0
Shares

नवीनराज कुइँकेल

लमजुङ, वैशाख १ । लमजुङकोे दुधपोखरीस्थित फुलिङगिरीमा जिप दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जना गम्भीर छन् ।

दुधपोखरीबाट बेंसीसहर आउँदै गरेको ग१ज ६८९० नम्बरको जिप वडा नं. ३ फुलिङगिरीमा आइतबार दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा चालक दूधपोखरी गाउँपालिका ४ का खिमलाल गुरुङ, यात्रुहरु गोरखा अजिरकोट गाउँपालिका २ का मोतिलाल गुरुङ, दूधपोखरी गाउँपालिका १ का गौमाया गुरुङ, वडा नं. २ सुजाता गुरुङलगायत गम्भीर घाइते भएका छन् । 

लमजुङ प्रहरी प्रमुख डिएसपी यादव ढकालका अनुसार जिपको ब्रेक फेल भई सडकबाट करिब ३० मिटर तल खसेको थियो । बाटो हिलाम्मे भएकाले उद्धारमा समस्या भएको डीएसपी यादव ढकालले बताए ।

उनका अनुसार १० जनालाई भरतपुर अस्पताल, ४ जनाको गौंडा स्वास्थ्य चौकी र बाँकीलाई लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको छ ।