ध्रुवसागर शर्मा (इमेज) म्याग्दी, वैशाख २१ । घर–परिवारबाट उपेक्षित बनेर सहाराविहीन भएका वृद्धवृद्धाका लागि म्याग्दीको गलेश्वरधाम सजिलो आश्रयस्थल बनेको छ । पवित्र तीर्थस्थलसमेत मानिने यस धामको ज्येष्ठ नागरिक आश्रममा निःशुल्क आवासीय सेवा–सुविधा पाउँदा वृद्धवृद्धा निकै आभारी बनेका छन् । प्राणजत्तिकै माया–ममता दिएर हुर्काएका सन्तानले जब बुढेसकाल वा असक्त अवस्थामा अपहेलना गर्दछन्, त्यतिबेला जुनसुकै बाबु–आमाको मन…