Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


उपभोग्य वस्तुको आपूर्ति सहज बनाउः मानवअधिकार आयोग

काठमाडौं, चैत्र १३ । राष्ट्रिय मानवअधिकार आयोगले लकडाउन अर्थात् बन्दाबन्दीका बेला सरकारलाई नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन आग्रह गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले लकडाउनका बेला घरमै रहेका अपाङ्गता भएका बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अतिविपन्नहरूको लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन आग्रह गरेको हो…