काठमाडौं, जेठ ४ । २५६३ औं बुद्धजयन्तीका अवसरमा आज काठमाडौंको लाजिम्पाटमा प्रभातफेरी निकालिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर–२ को अगुवाइमा निकालिएको प्रभातफेरी विभिन्न ठाउँ परिक्रमापछि पुनः लाजिम्पाट पुगेर समापन भएको थियो । बुद्धको मूर्तिसहित निकालिएको प्रभातफेरीमा बुद्धका उपदेशसम्बन्धी पोष्टर, पम्प्लेट र बुद्ध दर्शनको प्रचारप्रसार गरिएको थियो । र्यालीका सहभागीहरुले अहिले पनि बुद्धको शान्तिप्रतिको आस्था…