काठमाडौं, जेठ २१ । हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन् । ३२ वर्षीय शेर्पाले यही जेठ १३ गते ६ घन्टा १ मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् । कीर्तिमानी आरोही शेर्पाबारे जानकारी दिन मंगलबार पायोनियर एड्भेन्चरले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा शेर्पाले जेठ…