१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


देशभर साउने संक्रान्ति पर्व मनाईंदै, साँझ घर–घरमा लूतो फाल्ने प्रचलन

काठमाडौं । आज देशभर साउने संक्रान्ति पर्व मनाईंदै छ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कट रेखामाथि पुग्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कृषि प्रधान देशमा मुठी खाई मुरी उब्जाउने भन्ने कथनअनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन छ…