
काठमाडौं, असार ३१ । गुरु पूर्णिमाका अवसरमा बौद्ध धर्मावलम्बीहरुले २६०८औं धम्मचक्क प्रवर्तन दिवस मनाएका छन् ।
भगवान् गौतमबुद्धले आजकै दिन पहिलो उपदेश दिएकाले यस दिनलाई बौद्धमार्गीहरुले असला पूर्णिमाकारुपमासमेत मनाउने गर्दछन् ।
बोधगयामा सम्बोधि ज्ञान प्राप्त गरेपछि भगवान् बुद्धले गुरु पूर्णिमाका दिन सारनाथमा पञ्च भद्रवर्गीय भिक्षुहरूलाई चतुआर्य सत्य, आर्य अष्टांगिक मार्ग र शील, समाधि र प्रज्ञाको उपदेश दिएका थिए ।
यसदिन बौद्धमार्गीहरुले विहार र गुम्बाहरुमा धम्मचक्क प्रवर्तन सूत्र पाठ गर्ने गर्दछन् ।
आजैकै दिन बोधिसत्वले महामाया देवीको कोखमा प्रवेश गरेको तथा सिद्धार्थ गौतमले महाभिनिष्क्रमण गृहत्याग गरेको विश्वास पनि गरिन्छ ।
साथै, थेरवाद बौद्ध परम्पराअनुसार बौद्ध भिक्षुहरुको तीनमहिने वर्षावास आजैबाट सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्