२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


लुक्ला विमानस्थलबाट ६ दिनदेखि उडान भएन


0
Shares

सोलुखुम्बु, असार ३१ । लुक्ला विमानस्थलबाट ६ दिनदेखि उडान नहुँदा खुम्बु क्षेत्र अस्तव्यस्त बनेको छ ।

लगातार मौसम खराब हुँदा उडान र अवतरण हुन नसकेको हो ।

दैनिक दर्जन बढी उडान हुने लुक्लामा कुनै उडान नहुँदा लुक्ला र काठमाडौंबाट आउने र जाने दुवैतिरका यात्री अलपत्र बनेको नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाले जनाएको छ ।

यस्तै, पहिरोले विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा पाँच दिनदेखि लामो दूरीका यातायातका साधनसमेत सन्चालनमा आउन सकेको छैन ।