Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


भीमफेदीमा सवारी आवागमन सुचारु

हेटौडा । मकवानपुरको भीमफेदीमा सवारी आवागमन सुचारु भएको छ । हेटौडा भीमफेदी कुलेखानी हुँदै काठमाडौं जाने सडकअन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापानी गढी र जुरिखेतमा बुधवार राती पहिरो गएपछि बाटो अवरुद्ध भएको थियो । आज बिहान पहिरो हटाएपछि सवारी आवागमन सुरु गरिएको भीमफेदीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामबालक यादवले जानकारी दिए ।