
अर्घाखाँची, असार ४ । अर्घाखाँचीमा पासोमा परेको चितुवालाई उद्धार गरिएको छ ।
जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ४ मा पोथी चितुवा तारमा अल्झिएको अवस्थामा फेला परेको हो ।
गाउँलेले देखेपछि प्रहरी र डिभिजन वन कार्यालयलाई खबर गरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत मोतीराम पौडेलले जानकारी दिए ।
तारमा अल्झेर छटपटाइ रहेको अवस्थामा मुख र खुट्टामा चोट लागेको अवस्थामा फेला परेको चितुवालाई डिभिजन वन कार्यालय अर्घाखाँचीमा लगेर उपचार गरिएको छ ।
कसले पासो थापेको हो भनेर खुल्न सकेको छैन ।
४ फिट लम्बाई र २ फिट उचाईको चितुवा करिव ३० केजी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्