काठमाडौं, साउन २७ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीजलाई मौलिक, सभ्य, सुसंस्कृत, मर्यादित र शान्तिपूर्ण तरिकाले मनाउन आग्रह गरेको छ । कार्यालयका सूचना अधिकारी कृष्णबहादुर कटुवालले स्थानीय तह र स्थानीय प्रहरीको समन्वयमा तीजलाई मौलिक संस्कृतिकारुपमा मनाउन अनुरोध गरिएको जानकारी गराए । काठमाडौंका स्थानीय तहका जनप्रतिनिधिले पछिल्लोपटक तीज मनाउनेक्रममा मौलिक संस्कृति मेटिँदै गएको भन्दै प्रशासनमा आएपछि…