Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि मनाइँदै


0
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ ।

नेपालमा सन् २००४ देखि हरेक वर्ष अगस्ट १२ तारिखमा यो दिवस मनाउन थालिएको हो ।

विश्वभर ‘शिक्षामा रुपान्तरण र नेपालमा शिक्षामा रुपान्तरण उद्यमशिलता र नवप्रवर्तन’ भन्ने नाराका साथ युवा दिवस मनाइँदैछ ।

नेपालमा युवासँग काम गर्ने संघसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको भए पनि अहिले सरकारले आफैले दिवस मनाउन थालेको छ ।

दिवस मनाए पनि युवाको बेरोजगार, अर्धदक्ष जनशक्ति, गुणस्तरिय शिक्षा जस्ता क्षेत्रमा काम हुन सकेको देखिँदैन ।

युवाका मुद्दालाई सम्बोधन गर्नका लागि नेपालमा युवा विकास तथा परिचालनका लागि विसं २०६५ मा सरकारले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा नीति २०७२ मा युवा विकासका विषयलाई नीतिगत रूपमा समावेश गरेको छ ।

यसैगरी सरकारले विसं २०७२ मा राष्ट्रिय युवा परिषद् ऐन ल्याइ जिल्ला तहसम्म परिषद् गठन गर्दै युवाका क्षेत्रमा काम गर्दै आइरहेको छ ।