काठमाडौं, कात्तिक ४ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार भ्रमण निकै फलदायी भएको बताएका छन् । राष्ट्रपति भण्डारीसँगै म्यानमार भ्रमणमा गएर सोमबार स्वदेश फर्कनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री ज्ञवालीले राष्ट्रपतिको म्यानमार भ्रमणले दुई देशबीचको सम्बन्ध अझै सुमधुर र मजबुद् बनेको स्पस्ट पारे । परराष्ट्रमन्त्री ज्ञवालीले…