२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024


सार्वजनिक जग्गा हडप्ने क्रम बढ्यो, खोला अतिक्रमण गरी घर बनाइयो


0
Shares

-सागर महत/ईमेज

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क र चुत्रावेशी बजारलगायतका ठाउँमा बनेका अधिकांश घरहरु खोला अतिक्रमण गरी बनाएको पाइएको छ ।

नियामक निकायले निगरानी नगर्दा यसबाट र दीर्घकालीन रुपमा ठूलो समस्या उत्पन्न हुने देखिएको हो ।

सदरमुकाम  सन्धिखर्क र चुत्रावेशी बजारमा रहेको पुरानो बसपार्क बाँगी खोला, भद्री खोला, घोचे  खोला, गुन्टे खोला, लगायतका ठाउँमा रहेका अधिकांश घरहरु खोला अतिक्रमण गरी बनाइएका छ ।

२०५९ सालमा सदरमुकाममा सशस्त्र द्वन्द्वको समयमा २०५९ सालमा सदरमुकाममा आक्रमण हुँदा लालपूर्जा नै जलेर नष्ट भएपछि जिल्ला नै नक्साविहीन बनेको थियो । 

सोही मौका छोपेर सार्वजनिक जग्गा अतिक्रमण गरी हडप्ने सिलसिला सुरु भएको हो । मुलुक शान्ति पक्रियामा गईसकेपछि विशेष टोलीले पुनस्र्थापना गरी जग्गा धनी लालपूर्जा  वितरण थालियो ।

जसमध्ये सन्धिखर्क नगरपालिका वडा नम्बर १ र २ का क्षेत्रमा २०७१ सालदेखि २०७५ सालसम्म विभिन्न चरणमा नक्सा नाप गर्दा जग्गा अतिक्रण भएका ठाउँका केही व्यक्ति सम्पकमा आएका थिएनन् ।

शहरी पूर्वाधार निर्माण समिति र सन्धिखर्क नगरपालिकाले खोला अतिक्रमणबारे समयमै  ध्यान नदिने हो भने वर्षायाममा बस्ती खतरामा पर्ने स्थानीय टामलाल बस्याल बताउँछ ।

पुरानो बसपार्क लगायतका ठाउँका व्यक्तिहरुसँग लालपूर्जा भए पनि नक्सा कित्तामा नदेखिएकाले दर्ता  हुन सकेको छैन ।

यसको समाधानका लागि व्यवस्थित बसोबास  आयोगमार्फत् राष्ट्रपतिबाट व्यवस्थापन गर्ने विकल्प पनि रहेको छ ।

अहिले सन्धिखर्क नगरपालिकाको  वडा नं. १ र २ मा खोलानाला, कुलो, बाटो खोल्साखाल्सीजस्ता सार्वजनिक जग्गा अतिक्रमण गरिएकाले त्यसलाई सरकारीकरण गरिने विशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख खिमबहादुर रानाको भनाइ छ ।

खोला अतिक्रमणको यो शृंखलालाई ध्यान दिइएन भने दीर्घकालीन रुपमा यसले ठूलो समस्या निम्तिने निश्चित छ ।