Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


सोलुखुम्बुमा *सेतोपोखरी फुट्यो, खोला किनारका बासिन्दालाई सावधानी अपनाउन आग्रह

सोलुखुम्बु, साउन २४ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकास्थित *सेतोपोखरी फुटेको छ । पोखरी फुटेसँगै सोलुखोलामा लेदोसहितको पानीको सतह बढेको हो । खोला किनारमा रहेको बस्तीलाई सावधानी अपनाउन स्थानीय सरकारले आग्रह गरेको छ । पोखरी फुटेर एकतिहाइ पानी बगिसकेको र पोखरी पूर्णरुपमा फुट्ने खतरा उच्च रहेको स्थानीयले बताएका छन् । पोखरीको वरिपरीको भाग चिरा–चिरा परिसकेको छ ।…