काठमाडौं, भदौ १२ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा तत्काल ‘होम डेलिभरी’ सेवा जरुरी नभएको प्रष्ट्याएको छ । हरेक बिहान ९ः१५ सम्म खाद्य सामग्री खरिद–बिक्रीको समय पर्याप्त भएको उल्लेख गर्दै प्रशासनले कोभिड–१९ संक्रमण जोखिमको विषम परिस्थितिमा अनावश्यक भिडभाड गर्न नहुनेतर्फ ध्यानाकर्षण गराएको छ । खाद्य परिकारलगायत घरायसी वस्तु घर-घरमा पुर्याउँदा संक्रमण फैलिनसक्ने जोखिम रहेको बताउँदै…