गौरा पर्व खेल खेलेर मनाइँदैं • Image Khabar Image Khabar


गौरा पर्व खेल खेलेर मनाइँदैं


Imagekhabar
१२ भाद्र २०७७, शुक्रबार १३:३८

गौरा पर्व खेल खेलेर मनाइँदैं

डडेल्धुरा । डडेल्धुरामा गौरा पर्वको विधिवत पूजा सकिए पनि गाउँघरमा खेल खेलेर मनाइँदै छ ।

पूजापछि गौराघरमा भित्रिएकी गौरामातालाई खुशी पार्न सामूहिक रुपमा महिला पुरुषहरुले देवी देवताका कथागाथा, चैत डेउडा आदी खेलेका छन् ।

कोरोनाको सन्त्रास फैलिइरहेका बेला पनि सुदूरपश्चिमेलीहरुले आफनो संस्कृतिलाई जगेर्ना गर्दै गौरा पर्वको साँस्कृतिक परम्परालाई प्रत्येक वर्ष झैं नियमित गरेका छन् ।

स्थानीय परिवेश र रिती अनुसार गौरा पर्वको बिसर्जनको तयारी पनि स्थान अनुसार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्