काठमाडौं, असार २० । ललितपुरको खोकनामा शनिबार प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रस्तावित द्रुतमार्ग पर्ने क्षेत्रको जमिनमा स्थानीयले खेत रोप्न थालेपछि झडप भएको हो । खोकनाको सभ्यता जोगाउनुपर्ने, विकासको नाममा उर्वर भूमि विनास गर्न नहुनेलगायतका माग गर्दै स्थानीय विरोधमा उत्रिएका हुन् । आफ्नो जमिनमा जोतभोग गर्न पाउनुपर्ने भन्दै स्थानीयले धान रोप्न थालेपछि…