काभ्रे, कात्तिक १७ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अत्यावश्यकबाहेकका सेवा एक साताका लागि बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै मंगलबार (भोलि)देखि लागू हुनेगरी एक साताका लागि सबै सेवा बन्द गराइएको हो । यस्तै, बेथाञ्चोक गाउँपालिकाले पनि एक साताका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर…