काभ्रेका ‘सीडीओ’ कोरोना संक्रमित, जिप्रकाको सेवा एक साताका लागि बन्द • Image Khabar Image Khabar


काभ्रेका ‘सीडीओ’ कोरोना संक्रमित, जिप्रकाको सेवा एक साताका लागि बन्द


इमेजखबर
१७ कार्तिक २०७७, सोमबार १९:०८

काभ्रेका ‘सीडीओ’ कोरोना संक्रमित, जिप्रकाको सेवा एक साताका लागि बन्द

काभ्रे, कात्तिक १७ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अत्यावश्यकबाहेकका सेवा एक साताका लागि बन्द गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै मंगलबार (भोलि)देखि लागू हुनेगरी एक साताका लागि सबै सेवा बन्द गराइएको हो ।

यस्तै, बेथाञ्चोक गाउँपालिकाले पनि एक साताका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनासहित केही व्यक्तिमा कोरोना देखिएपछि सेवा बन्द गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्