२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेपाल पत्रकार महासंघ पाँचथर सुविधासम्पन्न भवनमा


0
Shares

पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथरको भवन निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएसँगै भवन सञ्चालनमा ल्याइएको छ ।

१ करोड २९ लाख ८८ हजार रुपैयाँको लगानीमा भवन निर्माण सम्पन्न भएको हो ।

भवन निर्माण भए पछि पत्रकारहरुलाई काम गर्न तथा छलफल, अन्र्तक्रिया, पत्रकार सम्मेलन जस्ता कार्यक्रम गर्न सहज हुने महासंघ पाँचथर अध्यक्ष लवदेव ढुंगानाले बताउनुभयो ।

महासंघको भवन निर्माणका लागि प्रदेश १ सरकारले ७३ लाख ३८ हजार रुपैयाँ, नयाँ शहर आयोजनाले ३० लाख रुपैयाँ, फिदिम नगरपालिका, हिलिहाङ गाउँपालिकालगायत जिल्लाका अन्य सरकारी कार्यालयहरुको सहयोगमा भवन निर्माण गरिएको हो ।