Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


औषधि (तेस्रो संशोधन) अध्यादेश जारी, कोभिड–१९ विरुद्धको खोप ल्याउन सहज हुने

काठमाडौं, मंसिर ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । सो अध्यादेश आएपछि मुलुकमा कोभिड–१९ विरुद्धको खोप ल्याउन सहज हुने जनाइएको छ ।