काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा गरेसँगै सरकारविरुद्धको आक्रोस सडकमा देखिन थालेको छ । काठमाडौं उपत्यका लगायत देशभर नेकपाको असन्तुष्ट समूह र नेपाली काँग्रेस लगायत विभिन्न दल तथा भातृ संगठनहरुले प्रतिनिधिसभा विघटनको विरोधमा दिनहुँ सडकमा प्रर्दशन गरिरहेका छन् । आइतबार मात्र काठमाडौं उपत्यकाका विभिन्न स्थानमा १८ वटा…