कञ्चनपुर । कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका–१ वैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको सोमबार राति चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका उनलाई कैलालीको निःसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताउनुभयो । उहाँका अनुसार सोही ठाउँका २६ वर्षीय…