काठमाडौं । नेपालको पानीको श्रोत संरक्षण गर्न नेपाल सरकारले अहिले नै ध्यान दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । बिहीबार काठमाडौंमा भएको दक्षिण एशियाको जलश्रोत र नेपाल दृष्टि बारे अन्तरक्रियामा सहभागी वक्ताहरुले पानीको उपयोगको प्राथमिकता बताउँदै श्रोत संरक्षण गर्न आवश्यक भएको बताएका हुन् । नेपाल सरकारका पूर्वमुख्य सचिव लिलामणि पौडेलले नेपालको जलश्रोतलाई विद्युत उत्पादनमा मात्रै जोड…