काठमाडौं, माघ ८ । राष्ट्रिय मानवअधिकार आयोगले न्यायका लागि संघर्षरत गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएको छ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कानूनी कारवाहीको माग गर्दै सत्याग्रही गङ्गामाया पछिल्लो पटक ३२ दिनदेखि अनशनरत हुनुहुन्छ । लामो समयदेखिको आमरण अनशनका कारण उहाँको स्वास्थ्य स्थिति जटिल बनेको राष्ट्रिय मानव अधिकार आयोगले…