काठमाडौं, असोज १२ । सर्वोच्च अदालतले स्वास्थ्य सामग्री खरिद अनियमिततामा संलग्न भई सरकारले कालोसूचीमा राखेको ओबिसिआई लिमिटेड प्रालि (ओम्नी)का पक्षमा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलाशले ओम्नीको पक्षमा हुने गरी तत्काल निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । ओम्नी तर्फबाट सञ्चालक पारस केसीले, सम्झौता अनुसार स्वास्थ्य सामग्री…