काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको कोहल्बी नगरपालिका–८ का ३९ वर्षीय दलबहादुर लामा रहेका छन् । लामाले गत आइतबार एक ७६ वर्षीया वृद्धालाई मकैबारीमा बोलाइ जबरजस्ती करणी गरेको उजुरी आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो…