मिरा बस्नेतकाठमाडौं । वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नहुने बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको बहसमा एमिकस क्यूरीका तर्फबाट आफ्नो राय दिँदै खरेलले संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई विघटनको अधिकार हुन्छ भन्नु राजा विरेन्द्रलाई चन्द्रशमशेर भनेर दर्शन गरेजस्तो हुने बताउनुभयो । विश्वका संसदीय प्रणाली रहेका ४० देशको उदाहरण दिँदै वरिष्ठ अधिवक्ता खरेलले कतै…