बाग्लुङ, फागुन २७ । बाग्लुङको तमानखोला गाउँपालिका वडा नम्बर १ मा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् । गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारबाट तमानखोला—१ को पैरातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सुचना अधिकारी इकबाल हवारीले…