काठमाडौं, फागुन २८ । अमेरिकाको क्यालिफोर्नियास्थित सन्फ्रान्सिस्कोमा उबर ट्याक्सी चलाउने नेपाली चालक शुभाकर खड्कालाई दुर्व्यवहार गर्ने एक जना पक्राउ परेकी छिन् । सन्फ्रान्सिस्को प्रहरीका अनुसार पक्राउ पर्ने २४ वर्षीया मलेसिया किङ नाम गरेकी महिला हुन् । गत आइतबार ट्याक्सीमा चढ्ने क्रममा महिलालाई मास्क लगाउन आग्रह गर्दा चालक खड्कामाथि उनीसहितका तीन महिलाले दुर्व्यवहार गरेका थिए ।…