काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका २ आवरमा बुधबारबेलुकी ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मुखियापट्टी नगरपालिका ३ बैरियाका २० वर्षीय नितेश कुमार साह रहेका छन् । उपचारको लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरी चौकी धिरापुरले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार मटिहानी नगरपालिका ८…