Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


इलाममा चिया टिप्ने हतारो, आफैँ मूल्य तोक्न नपाउँदा किसान दुःखी

प्रकाश नेपालइलाम । जिल्लाका चिया किसानलाई सिजनको पहिलो हरियो चिया पत्ति टिप्न भ्याइनभ्याइ छ । तर, चिया उत्पादनको मूल्य आफैँले तोक्न नपाउँदा भने किसान दुःखी छन् । वर्षौंदेखि यहाँका किसानले सिजनकै राम्रो पत्तिको मूल्य आफैँले तोक्न पाएका छैनन् । कारखानाले पत्ति लिएको लामो समयपछि मात्रै मूल्य निर्धारण गरिदिने गरेका कारण यहाँका किसानहरु ठँगिदै आएका छन्…